Logo

‘यही मंसिर २२ गते स्वयम्भुको कारखाना चोकमा श्रीमद् भागवत धार्मिक महोत्सव’ हुने, तयारी पूरा



काठमाडौं, १५ मंसिर । संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालले काठमाडौं महानगरपालिका वडा नम्बर–१५ स्वयम्भुको कारखाना चोकमा यही मंसिर २२ गतेदेखि (विवाहपञ्चमी) को अवसरमा गर्न लागेको श्रीमद् भागवत धार्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ। उक्त महोत्सवको सह–आयोजकमा ब्रम्हाण समाज नेपाल, धादिङ, लाकुरीबोट धर्म रक्षक आमा समूह धादिङ र नमूना महिला समूह धादिङ रहेका छन् ।

आज (बुधबार) रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक संस्थाले यस्तो जानकारी गारएको हो । सांस्कृतिक तथा धार्मिक संग्राहलय तथा अध्ययन केन्द्र सञ्चालनका लागि उक्त महोत्सव गर्न लागिएको जनाईएको छ ।

कार्यक्रममा बोल्दै ब्राहमण समाज धादिङ्का अध्यक्ष पशुपतिनाथ लम्सालले प्रचारप्रसार गरेर कार्यक्रमलाई सफल पार्न सबैमा आग्रह गरे । साथै, उनले सांस्कृतिक समाज विकास संघले गर्न लागेको कार्यक्रमबारे स–विस्तार व्याख्या गरेका थिए । ‘धादिङ्को नीलकण्ठ नगरपालीका वडा नम्बर ९ मा रहेका ७२ हेक्टर र ४८ हेक्टरका दुईवटा डाँडा छन्, त्यही ठाउँमा गौशला खोलेर गाईको संरक्षण गर्ने हाम्रो उद्देश्य हो । यसो गर्दा धर्मको रक्षा पनि हुन्छ । एउटा आयमूलक र अर्को सेवामूलक गौशला हुनेछ । त्यो काम सफल भयो भने यो देशकै कल्याण हुन्छ’–उनले भने ।

उनले नेपालमा गौमाताको अपमान भइरहेको भन्दै दुःख व्यक्त गरे । उनले आफ्नो धर्मको रक्षाको निम्ति जन्मदिने माता, धर्ती माता र गौमातालाई सम्मान गर्नुपर्ने पनि बताए । त्यस्तै, उनले गाईमा हुने शक्ति कुनैपनि जनावरमा नहुने भन्दै गाईलाई सम्मान गर्नुपर्नेमा जोड दिए । ‘गहुँत मान्छेको लागि अमृत हुन्छ, यो वैज्ञानिकले पुष्टी गरेको कुरा हो । गाईको संरक्षण गरेर सबैलाई त्यसको लाभ दिनको लागि यो कार्यक्रम गर्न लागिएको हो’–उनले प्रष्ट्याए ।

यस्तै, कार्यक्रममा बोल्दै सांस्कृतिक समाज विकास संघकी अध्यक्ष सीता माताले मंसिरको २२ गते (विवाहपञ्चमी) को दिनदेखि हुन लागेको कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह गरेकी थिइन् । साथै, उनले धर्मको रक्षा गर्नु महत्वपूर्ण रहेको भन्दै संस्कृतिको संरक्षणको लागि आफुहरु लागिरहेको समेत बताएकी थिईन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्