Logo

काँग्रेसमा संस्थापन इतर समूहबाट यी नेताले छान्नेछन् प्रदेश सभापतिको उम्मेदवार



काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतर समूहले प्रदेश सभापतिको उम्मेदवार छान्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । प्रदेशमा प्रभाव बनाएका नेताहरुलाई नै उम्मेदवार छान्ने जिम्मेवारी तोकेको हो ।

बुधबार विहान महामन्त्री डा. सशांक कोइराला निवासमा बैठक बसी सातै प्रदेशमा उम्मेदवार छान्ने कमिटी गठन गरेको हो । प्रदेशमा सभापतिको उम्मेदवार छान्न जिम्मेवारी तोकिएका नेताहरु यसप्रकार छन्ः

प्रदेश १ः बलबहादुर केसीको नेतृत्वमा शेखर कोइराला, महेश आचार्य
प्रदेश २ः सीतादेवी यादवको नेतृत्वमा रामकृष्ण यादव र किरण यादव
बागमती प्रदेशः प्रकाशमान सिंहको नेतृत्वमा रामशरण महत र अर्जुननरसिंह केसी
गण्डकी प्रदेशः रामचन्द्र पौडेलको नेतृत्वमा सशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियार
लुम्बिनी प्रदेशः दिपक गिरी र चन्द्र भण्डारी
कर्णाली प्रदेशः हृदयराम थानी
सुदूरपश्चिमः दिलेन्द्रप्रसाद बडू



प्रतिक्रिया दिनुहोस्