Logo

पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन हुने



काठमाडौं, मंसिर १६ । सरकारले चालू आर्थिक वर्षदेखि कार्यान्वयन गर्न लागेको कर्मचारीका लागि १० दिने पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन गर्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडरडयन मन्त्रालयले कार्यविधि निर्माण गरी सबै मन्त्रालयको सुझाव लिइसकेको छ । अहिले कर्मचारीको पर्यटन काजमा खर्च हुने बजेटका लागि अर्थ मन्त्रालयसँग मन्त्रालयले समन्वय गरिरहेको छ ।

मन्त्रालयका उपसचिव नरहरि घिमिरेले अर्थ मन्त्रालयले बजेटको व्यवस्था गरेपछि कार्यविधि मन्त्रिपरिषदरमा पारित गरी कर्मचारी पर्यटन काज कार्यान्वयनमा आउने बताए । कर्मचारीलाई पुनर्ताजगी गर्दै आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले चालू आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने गरी कर्मचारीलाई सुविधासहित १० दिनको पर्यटन काज कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो ।

यस कार्यक्रमले कर्मचारीलाई आफ्नै देशभित्र भएको पर्यटकीय क्षेत्रको बारेमा जानकारी हुने, आन्तरिक पर्यटनमा टेवा पु(याउने, आर्थिक क्रियाकलाप वृद्धि गरी रोजगारी सिर्जना हुने, सहरी र ग्रामीण पर्यटन क्षेत्रको विस्तार हुने र कर्मचारीले आफ्नो जिम्मेवारीप्रति उत्प्रेरित हुने मन्त्रालयको विश्वास छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्