Logo

राप्रपाको चुनावी प्रक्रिया आज



काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । बुधबार उद्घाटन सत्र सकिएलगत्तै राजधानीस्थित भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भएको थियो ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री निर्वाचित हुनेछन् । निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान राप्रपाको विधानमा छ ।

निर्वाचित अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र सहायक कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था विधानमा छ ।   अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot