Logo

घरेलु मैदानमा निससँग बराबरीमा रोकियो पीएसजी



काठमाडौं, १६ मंसिर । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको खेलमा पीएसजी निससँग गोलरहित बराबरीमा रोकिएको हो ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा पाएका मौकालाई पनि सदूपयोग गर्न नसक्दा पीएसजी बराबरिमा राकिन बाध्य भएको हो ।

यस बराबरीसँगै १६ खेलमा ४१ अंक जोडको पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।

निस २७ अंकका साथ चौंथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्