Logo

इंग्लिस प्रिमियर लिगः लिभरपुलको फराकिलो जित



काठमाडौं, १६ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनमाथि फराकिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई ४–१ गोल अन्तरले हराएको हो ।

खेलमो ९औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १९ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

३८ औं मिनेटमा एभर्टनका डेमाराई ग्रेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए ।

खेलको ६४ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३–१ को अवस्थामा पुगेको थियो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई ४–१ को जित दिलाए ।

यस जितसँगै लिभरपुलले १४ खेलमा ३१ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

१५ अंक जोडेको एभर्टन १४ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्