Logo

घरेलु मैदानमा वाट्फोर्ड पराजित, चेल्सी शीर्ष स्थानमा यथावत



काठमाडौं, १६ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाट्फोर्डलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा चेल्सीले वाट्फोर्डलाई २–१ गोल अन्तरले पाराजित गरेको हो ।

चेल्सीको जितमा मासन माउन्ट र हाकिम जिएचले एक एक गोल गरे ।

वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए ।

वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा मासन माउन्टले २९औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४३ औं मिनेटमा इमानुएल डेनिसले गोल गर्दै वाट्फोर्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

तर, खेलको ७२ औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।

यस जितसँगै चेल्सी १४ खेलमा ३३ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ ।

१३ अंक जोडेको वाट्फोर्ड १७ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्