Logo

कामना सेवा विकास बैंकको क्षेत्रीय कार्यालय बुटवलमा विस्तार



काठमाडौं, १६ मंसिर। कामना सेवा विकास बैंकले थप एक नयाँ शाखा संञचालनमा ल्याएको छ । रुपन्देहीस्थित बुटवल उप–महानगरपालिका पुष्पलालपार्क शाखा रहेको भवनमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना विस्तार गरेको हो । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै छिटो छरितो तथा अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले संचालित कार्यालयको पुनर्निर्मित गरेको हो ।

बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासंगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए।

 



प्रतिक्रिया दिनुहोस्