Logo

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कमलविनायकमा



काठमाडौं, १६ मंसिर । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुरको कमलविनायकमा शाखा विस्तार गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार उक्त शाखाको उद्घाटन गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बैंकको लक्ष्य रहेको बताए ।

बैंकले आलसम्म २५६ वटा शाखा, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्