Logo

बारको आन्दोलन अब बारको हातभन्दा माथि गैसक्यो, एनजिओका मान्छे, पूर्व प्रधानन्यायाधीश र बारका दुई/तीन जना पदाधिकारीले दिग्भ्रमित बनाए : रुद्र पोखरेल (भिडिओसहित)



काठमाडौं, १६ मंसिर । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले गोलाप्रथा लागु हुनुमा जितको कसको भनेर भन्न नहुने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो गोलाप्रथा लागु भएको विषयलाई कसैको जित र हारको विषयमा हेर्न नहुने तर्क गरे । बरु, यसलाई लागु गरेर र प्रयोग र प्रयासको रुपमा हेर्नुपर्ने उनले सुझाए । गोलाप्रथा कसरी लागु गर्ने भन्नेबारे न्यायाधीश दीपककुमार कार्कीले अहिलेसम्म रिपोर्ट नै नदिएको पनि पोखरेलको आरोप छ ।

उनले भने,‘उहाँ अहिले हड्तालको नेतृत्व गरेर बसिरहनुभएको छ। अनि उहाँबाट अब तपाईँ अपेक्षा गर्नुहुन्छ ? यो गोला प्रणाली लागु हुन्छ भनेर ? अटोमेशन लागु हुन्छ भनेर ? आजैदेखि हड्ताल सुरु गरिसक्नुभयो, बारका नेताहरु आज बेन्च बेन्चमा गएर प्रधानन्यायाधीश को हो ? यो टुँगो नलागुञ्जेलसम्म मुद्दा नहेर भनिँदैछ । आन्दोलन भनिएको छ नि, यो दिग्भ्रमित बनाईएको छ। अराजकतामा गैसक्यो अब । अब बारको आन्दोलन बारको हातभन्दा माथि, मैले भनेको छु केही एनजिओका मान्छेहरु र पूर्व प्रधानन्यायाधीश र बारका दुई/तीन जना पूर्व पदाधिकारीहरुले यसलाई एकदमै दिग्भ्रमित बनाएर कानून व्यवसायी, कानून व्यवसाय, अदालतको सबै मर्यादा नामेट बनाउन लागिपर्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्