Logo

बेन्जिमाको गोलमा रियलको जित



काठमाडौं, १६ मंसिर । स्पेनिस ला लिगा फुटबलमा करिम बेन्जिमाको निर्णायक गोलमा रियल मड्रिडले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ४०औं मिनेटमा बेन्जिमाले गोल गरेका थिए । जुन गोल जितका लागि प्रायाप्त रह्यो ।

यो जित रियलको लागातार पाँचौं जित हो ।

१५ खेलमा ३६ अंक जोडेको रियल शीर्ष स्थानमा यथावत रहेको छ ।

२० अंक जोडेको बिल्बाओ १५औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्