Logo

राप्रपा महामन्त्रीमा रेखा थापाको उम्मेद्धवारी घोषणा



काठमाडौं, १६ मंसिर । चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको जारी एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी छिन् । उनले भर्खरै उम्मेद्धवारी घोषणा गरेको रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ईश्वर कार्कीलाई जानकारी दिईन् ।

हिजो (बुधबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा उम्मेद्धवारी दिएकी हुन् । काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी थापाले अध्यक्षका उम्मेद्धवार राजेन्द्र लिङ्देनको प्यालनबाट उम्मेद्धवारी दिएकी हुन् ।

थापाले महिला महामन्त्रीमा उम्मेद्धवारी दिएको जनाईन् । लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ। राणाले रिपोर्टर्स क्लब नेपालमार्फत आफ्नो उम्मेद्धवारी घोषणा गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्