Logo

प्रधानन्यायाधीश जबरालाई विदामा बस्न र कार्यवाहक प्रधानन्यायाधीश तोक्न सत्तापक्षीय गठबन्धनको सुझाव



काठमाडौं, १६ मंसिर । सत्तारूढ पाँच दल सम्मिलित गठबन्धनको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ ।

आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकाी दिए ।

बैठकबाट बाहिरिने क्रममा उनले भने,‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरू सहभागी थिए । Photo Source: RSS



प्रतिक्रिया दिनुहोस्