Logo

संसद् र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु: सभामुख सापकोटा



काठमाडौँ, १६ मङ्सिर। सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि समाधानको उपाय खोज्ने बताएका छन् । स्पेनबाट स्वदेश फर्किएका सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताए । पत्रकारसंग कुराकानी गर्दै उनले भने, ‘सर्वदलीय बैठक, अरु बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’ अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए । सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गरेका थिए ।-Photo Source: RSS



प्रतिक्रिया दिनुहोस्