Logo

कर्तव्यच्युत हड्ताली न्यायाधीशहरुसँग बारको अध्यक्षलाई गैरकानूनी वार्तामा सहभागी नहुन बारकै कोषाध्यक्षको आग्रह



काठमाडौं, १६ मंसिर । नेपाल बार एशोएिशनका कोषाध्यक्ष रुद्र पोखरेलले सर्वोच्च अदालतका ईजलास बहिष्कार गर्ने न्यायाधीशहरुलाई कर्तव्यच्युत हड्ताली न्यायाधीशको संज्ञा दिएका छन् । उनले हड्ताली न्यायाधीशसँग गैरकानूनी वार्ताको लागि चोर बाटोबाट नेपाल बारका अध्यक्ष जाने खबर आएको भन्दै त्यसको विरोध जनाएका छन् ।

उनले बार अध्यक्षलाई कार्यसमिति बैठकको निर्णयबिना गैरकानूनी वार्तामा सहभागी नहुन आग्रह गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–’सर्वोच्च अदालतका कर्तब्यच्युत हडतालि न्यायाधीशसंग गैर कानूनि वार्ताको लागि आज १० बजे चोरबाटोबाट नेबाए अध्यक्षज्यू जाने भन्ने खबर आएको छ ।
नेबाए अध्यक्षलाई कार्य समिति बैठक निर्णय विना गैरकानूनि वार्तामा सहभागी नहुन आग्रह गर्दछु । हडतालि न्यायाधीशले पनि औपचारिकता ग्रहण पछि मात्र औपचारिक वार्ताको रहर गर्न आह्वान गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्