Logo

विमानस्थलमा काचो सुनमा कडाइ, बुधबार मात्रै १५ किलो सुन संकलन



काठमाडौं, १६ मंसिर । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशबाट ल्याउने सुनमा कडाई गर्न थालेको छ । बुधबारमात्रै विमास्थलबाट करीब १५ किलो सुन संकलन गरिएको हो ।

एकजनाले ५० ग्राम काचो सुन ल्याउन पाइने नियम भएपनि विभिन्न माध्यमबाट सुनका बालाहरु ल्याउनेको संख्या बढ्न थालेपछि कडाइ गर्न थालिएको भन्सार विभागले जनाएको छ । बुधबारमात्रै विदेशबाट आएका ३ सय २६ जना यात्रुहरुले ल्याएको १५ किलो १६ ग्राम सुनको बाला संकलन गरिएको हो ।

हिजो मात्र विभागले तोकिएको मापदण्ड भन्दा बढी सुन ल्याउनेहरुबाट १ करोड २६ लाख ८७ हजार राजस्व संकलन गरेको विभागको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्