Logo

वैदेशिक रोजगारीमा जानेलाई विमानस्थलमा छुट्टै विश्रामकक्ष, फ्रि वाइफाइको सुविधा



काठमाडौं,१६ मंसिर । त्रिभुवन विमानस्थलभित्र वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि विश्राम कक्षको निर्माण गरिएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रोजगारीमा जाने श्रमिकहरुको लागि निर्माण भएको छुट्टै कक्षको पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले बुधबार उद्घाटन गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नु अगाडी नै श्रमिकहरु बस्न मिल्ने गरी विश्राम कक्ष बनाएको हो । विश्राम कक्षमा ३० जना जति अट्ने, फ्रि वाइफाइ, चार्जिङ प्वाइन्ट, टिभी, खानेपानी, टेलिफोन र उडानबारे जानकारी पाउन डिजिटल डिस्प्लेको पनि व्यवस्था गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्