Logo

साउदी अरेरिबायाको सैन्य कारबाहीमा तीनको मृत्यु, कैयौँ घाइते



१६ मङ्सिर : साउदी अरेबियाको सेनाको नेतृत्वमा बुधबार भएको एक कारबाहीमा परी यमनमा कम्तीमा पनि तीन जनाको ज्यान गएको छ ।सो कारबाहीमा परी अरु २० जना घाइते भएका छन् । यमनको उत्तरपश्चिमी प्रान्त सादामा सो कारबाही भएको थियो ।उक्त कारबाहीका क्रममा हुथी विद्रोहीहरु मारिएका बताइएको छ । सो कुराको हुथीहरुले पनि पुष्टि गरेका छन् ।

साउदी नेतृत्वको सेनाले सो सादा क्षेत्रमा विगतदेखि नै कारबाही गर्दै आएको छ । उता केही दिन यतादेखि यमनको मारिब शहरमा पनि सायदी सेनाले लगातार हवाई आक्रमण पनि गर्दै आएको छ ।यमनको मारिब सहरमा केही दिनयतादेखि निरन्तर रुपमा हवाई कारबाही जारी राखेको यमनका अधिकारीहरुले जनाएका छन् ।मारिब शहर यहाँका हुथी विद्रोहीहरुको कब्जामा रहेको बताइन्छ । त्यसैले साउदी नेतृत्वको साउदी र यमनी सेनाले यहाँ आक्रमण गर्ने गर्दछ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्