Logo

बार र सर्वोच्च बारका अध्यक्षहरुले न्यायाधीशहरुको इजलाशमा गई ईजलाश सुचारु नगर्न दबाब दिएको हो भने यो हदभन्दा बढि भयो : बरिष्ठ अधिवक्ता श्रेष्ठ



काठमाडौं, १६ मंसिर । बरिष्ठ अधिवक्ता ध्रुब श्रेष्ठले नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका अध्यक्षहरुले ईजलाशमा गई न्यायाधीशहरुलाई ईजलाश सुचारु नगर्नको लागि दबाब दिएको भनिएको कुरा सत्य होभने यो हदभन्दा बढि भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले ‘सर्वोच्च अदालतमा कल्याण श्रेष्ठले गैरसंवैधानिक तवरले गरेको ११ जना न्यायाधीशको नियुक्त, दामोदर शर्माको पालामा बल्खु दरबारमा सपथ खानेगरि भएका नियुक्तीहरु, शुशिला कार्कीले न्याय परिषदका दुई जना सदस्यहरुलाई झुक्याई उपस्थित् हुन नदिई तत्कालिन मन्त्री वर्षमान पुन समेतको उपस्थितिमा आफ्नो क्वार्टरमा मध्यरातमा ८० जनालाई मिड नाईट जजेजको रुपमा गरेको नियुक्ती र त्यसपछि व्यक्तिगत लाभ र सम्बन्धका कारण अयोग्य र विवादित अनुहारहरुलाई आपत्तिजनक रुपमा सर्वोच्चमा गरिएको नियुक्ती समेतलाई न्यायपालिका भित्रको बिसंगति र भ्रष्टाचारको मुहानको रुपमा पहिचान गरी त्यसको निर्मुलको लागि’ पहल गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्