Logo

प्रियंका र निकको विवाहको तेस्रो वर्ष पुरा, क्यान्डललाइट डिनरको आयोजना



एजेन्सी, १६ मंसिर । बलिउडकी देसी गर्ल प्रिंयका चोपडा र अमेरिकी गाएक निक जोनसको विवाह भएको आज ३ वर्ष पुरा भएको छ । यो जोडीले २ डिसेम्बर (आज) आफ्नो विवाहको विवाहत्सव मनाइरहेका छन् । आज प्रियंका र निक निकै रोमाण्टिक हुँदै रमाइलो गरिरहेका छन् ।

विवाहउत्सवको अवसरमा सुन्दर जोडीले रोमाण्टिक क्यान्डललाइट डिनरको आयोजना गरेका छन् । यसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा प्रियंका एक कुर्सीमा बसीरहेकी छिन् उनले क्यामेरामा हेर्दै हाइ गरेकी छिन् । भिडियो शेयर गर्दै निकले लेखेका छन् ‘३ वर्ष ।’

प्रियंकाले पनि एक तस्बिर सामाजिक सञ्जाल अकाउन्टमा शेयर गरेकी छिन् । तस्बिरमा एक कार्ड देखिएको छ । जसमा लेखिएको छ, ‘सपने को जीना’

प्रियंका र निकले २०१८ मा जोधपुरमा हिन्दु र क्रिश्चियन रीतिरिवाजबाट विवाह गरेका थिए । १ र २ डिसेम्रबमा यो जोडीको विवाह भएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्