Logo

अफ्रिकी मुलुकका नागरिकमाथि यात्रा प्रतिबन्ध अस्वीकार्य रहेको राष्ट्रसंघको टिप्पणी



एजेन्सी, १६ मङ्सिर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसको नयाँ भेरियन्टको नाममा अफ्रिकी मुलुकका नागरिकमाथि लगाइएको प्रतिबन्ध अस्वीकार्य भएको टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले कारोनाको नयाँ भेरियन्ट‘ ओमिक्रोन’ देखिएपछि बेलायत,अमेरिकालगायतका मुलकले अफ्रिकी मुलुकका नागरिकमाथि लगाएका यात्रा प्रतिबन्ध स्वीकार्य नहुने बताएका हुन ।

उनले अफ्रिकी मुलुकका नागरिकमाथि प्रतिबन्धलाई रंगभेदसँग तुलना गरे । बुधबार न्यूयोर्कमा भएको पत्रकार सम्मेलनमा राष्ट्रसंघका महासचिव गुटेर्रेसले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,, ‘नयाँ भेरियन्ट विश्वभर फैलिरहेका बेला अफ्रिकी मुलुकका यात्रुलाई मात्र प्रतिबन्ध लगाउनु अस्वीकार्य छ ।’ यात्रा प्रतिबन्धले त्यहाँको अर्थतन्त्रमा गम्भीर असर पार्ने समेत उनले बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्