Logo

यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताः कर्णालीको कठिन जित



काठमाडौं, १६ मंसिर । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं. २ माथि कठिन जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ४६ रनको लक्ष्य पाएको कर्णालीले १३.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।

६ मध्ये ४ हार ब्यहोरेको प्रदेश.२ प्रतियोगिताबाट बाहिरिएको छ ।

साथै, ६ मध्ये दुई खेलमा जित हात पारेको कर्णालीको यात्रा यस अघि नै टुङ्गि सकेको छ ।

कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे ।

यस्तै, प्रदेश २ कालागि राजेश यादवले सर्वाधिक ६ विकेट लिए भने विवेक यादवले २ विकेट लिए ।

बिहीबारको खेलमा प्रदेश २ का सन्नी साहले सर्वाधिक १२ रन जोडे भने सन्तोष कार्कीले ११ रन बनाएका थिए ।

अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् भने ५ खेलाडि सुन्य रनमै आउव हुन पुगेको थिए ।

कर्णालीका प्रकाश जैसीले सर्वाधिक ८ विकेट लिए भने अनुज चनाराले २ विकेट लिए । तस्विरः क्यान



प्रतिक्रिया दिनुहोस्

Screenshot