Logo

कमल थापाको प्यानलमा को को



काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकता महाधिवेशनमा आफ्नो प्यानल तयार गरेका छन् । राप्रपाको महाधिवेशनमा चुनाव नै हुने भएपछि थापाले प्यानल तयार गरेका हुन् ।

थापाको टिममा उपाध्यक्षका लागि बुद्धिमान तामाङ, विक्रम पाण्डे र भाष्कर भद्रा, महामन्त्रीमा रोशन पाण्डे, भुवन पाठक र कुन्ती शाही रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्