Logo

१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित(विज्ञप्तिसहित)



काठमाडौँ, १६ मङ्सिर। नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज (बिहिबार) एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो ।

पार्टीको महाधिवेशनपछि केन्द्रीय निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिका अनुसार स्थगन गरिएका जिल्लाको जिल्ला अधिवेशन हुने निर्वाचन समितिका सचिव जनान्नाथ श्रेष्ठले जानकारी दिएका छन्। सदस्यता विवादलगायत अन्य विविध कारणले १६ जिल्लामा अधिवेशन हुन बाँकी छ। १४ औं महाधिवेशनअन्तर्गत वडा,पालिका,क्षेत्रीय, जिल्ला अधिवेशन सकाएको कांग्रेसले बिहीबारदेखि प्रदेश अधिवेशन गर्दैछ।-File Photo



प्रतिक्रिया दिनुहोस्