Logo

गाँजासहित पक्राउ



मकवानपुर, १६ मंसिर । लागूऔषध सहित एकजना पक्राउ परेका छन् । मनहरी गाउँपालिका–७ मनहरी पुल छेउबाट करिब ५ किलोग्राम १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्