Logo

लागुऔषधसहित तीन जना पक्राउ



सर्लाही, १६ मंसिर । अवैध लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हरिवन नगरपालिका–६ चार्लिक नहरबाट करिब ७ किलोग्राम अवैध लागूऔषध गाँजा सहित बागमती नगरपालिका–२ बस्ने २३ वर्षीय खवाङ तामाङ बुधबार दिउँसो पक्राउ परेका हुन्।

ना.१० प ६९६७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिबन र सशस्त्र प्रहरी सुरक्षा बेस धरहराबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, कास्की, पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध ९६ एम्पुल डाईजेपाम, ९६ एम्पुल फेनारगन, ९७ एम्पुल नुर्फिन, नगद २ हजार २ सय ३० रुपैयाँ र ३ थान मोबाइल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१५ रामबजार बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका पवैगौंडे घर भएका २८ वर्षीय जोनी गुरुङ र तनँहु शुक्लागण्डकी नगरपालिका–१६ ढोरबाराही बस्ने २६ वर्षीय पुर्ण बहादुर गुरुङ रहेका छन् ।

ग.२१ प ५६३३ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्