Logo

कोरोना महामारी अस्वीकार गर्ने रुसी भिक्षु फादर सर्जी जेल चलान



एजेन्सी, १६ मङ्सिर। कोरोना महामारी अस्वीकार गर्ने एक रुसी भिक्षु जेल चलान भएका छन् । इसाइ धर्मका कट्टरपन्थी भिक्षु फादर सर्जी जेल चलान भएका हुन् । महामारी अस्वीकार गरेको आरोपमा सर्जी सन् २०२० डिसेम्बरमा पक्राउ परेका थिए ।

सर्जीले महामारी अस्तित्वमा नरहेको भन्दै सर्वसाधारणलाई उक्साएको र सोहि कारण कैयौंको ज्यान गएको भन्दै मस्कोको अदालतले उनलाई मंगलबार दोषी ठहर गरेको थियो । उक्त मुद्दामा दोषी ठहरिएका उनलाई मस्कोको अदालतले ३ वर्ष ६ महिनाको लागि जेल सजाय सुनाएको थियो । ६६ वर्षीय इसाइ भिक्षु सर्जीले कोरोना महामारी अस्तित्वमा नरहेको र त्यहाँका मानिस मार्नमा रुस सरकार दोषी रहेको आरोप लगाउँदै आएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्