Logo

राप्रपा महाधिवेशन : महामन्त्रीमा उठेकी रेखा थापा भोट माग्न व्यस्त, ‘रेखा थापा वी लभ यु’ को नारा घन्कियो (भिडिओसहित)



काठमाडौं, १६ मंसिर । राप्रपाको जारी महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरेकी रेखा थापाले मत माग्न सुरु गरेकी छिन् । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा थापाले अध्यक्षमा राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

हाम्रा सहकर्मी ईश्वर कार्कीकाअनुसार अहिले थापाले महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न थालेकी छन्। राप्रपामा एक महिलासहित तीन जना महामन्त्री रहने विधानको व्यवस्था छ। राप्रपा अध्यक्षमा कमल थापा र लिङ्देन पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेका छन्।

तर निर्वाचन समितिले मतदाताको नामावली प्रकाशनलगायत चुनावी कार्यतालिकाअनुसार काम अगाडि बढाउन सकेको छैन। भृकुटीमण्डपमा थापा र लिङ्देन पक्षले भोट माग्दै नाराजुलुस पनि गरेका छन्। थापाको ब्यानर बोकेका युवाहरुले ‘पूर्व–पश्चिम के भन्छ ? राजेन्द्र लिङ्देन ले भन्छ’, ‘नारी शक्ति के भन्छ ? रेखा थापा ले भन्छ’ नारा लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्