Logo

भोलिदेखि दिल्लीका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द



एजेन्सी, १६ मङ्सिर। दिल्ली विश्वकै प्रदूषित शहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन । वायु प्रदूषणको विकराल अवस्था लिदै गएको छ ।

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको अवस्था सुध्रन नसकेपछि यस्तो निर्णय गर्नुपरेको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्