Logo

नेप्सेमा आज उच्च अंकको गिरावट, ३ अर्बको कारोबार



काठमाडौं, १६ मंसिर । साताको कारोबारको अन्तिम दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्सेमा आज ४९ दशमलव ४ अंकले घटेर २५ सय ८४ दशमलव ६१ विन्दुमा थामिएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ४६ अंकले घटेर ४ सय ८७ दशमलव २७ विन्दुमा रोकिएको हो ।

यसैगरी, आज २ सय ३१ कम्पनीको ४७ हजार ८ सय ६४ पटक कारोबार भएर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ बराबरको ७८ लाख ३२ हजार ७ सय ३१ कित्ता खरिद विक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्