Logo

कांग्रेस नेता दीपकुमारका छोरा आशीष शर्माको प्रदेश सदस्यमा उम्मेदवारी



कपिलवस्तु, १६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्विनी प्रदेश समितिको सदस्य पदमा कांग्रेसका नेता तथा पुर्वराजदुत दीपकुमार उपाध्यायका छोरा आशीष शर्माले उम्मेदवारी घोषणा गरेका छन् । पछिल्लो समयमा कांग्रेस कपिलवस्तुको राजनीतिमा सक्रिय रहेका युवा नेता शर्माले अब राजनीतिमा युवाहरु अग्रसर हुनुपर्ने बेला आएको बताए ।

राजनीतिलाई पेशा नबनाएर रुचि बनाउने प्रतिवद्धता गर्दै आफु विपीको प्रजातान्त्रिक समाजवादको अनुयायी भएको बताए । उनले आफ्नो उद्देश्य भनेको नै पार्टी संगठन विस्तार गर्ने भएको स्पष्ट पारे ।

थाईल्यान्डको ईस्टिच्युट अफ टेक्नोलोजीबाट एम.बी.ए. उत्तिर्ण गरेका शर्मा कांग्रेस लुम्बिनी प्रदेश स्तरीय उद्योग तथा व्यापार विभागको संयोजक समेत हुन् । उनले कपिलवस्तु क्षेत्र न.१ क बाट सर्वाधिक मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । शर्मा देउवा गुटमा देखिएका छन् । निष्ठावान् नेता सुधाकर पाण्डेयलाई नेता मानेर अघि बढ्ने र उनकै सरसल्लाहमा अघि बढ्ने पनि उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्