Logo

बलबहादुर केसीको जिल्लामा देउवा पक्षीय आङगेलुको पकड बलियो, भारी मतान्तरले सभापतिमा संस्थापन पक्षको जीत



सोलुखुम्बु, १६ मंसिर ।  पुर्वमन्त्रि तथा काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसीको जिल्ला सोलुखुम्बुमा शेरबहादुर देउवा पक्षिय आङगेलु शेर्पाको पक्कड बलियो देखिएको छ । हालै सम्पन्न जिल्ला अधिबेशनमा देउवा पक्षिय उम्मेदवार भारी मतका साथ विजयी बने पछि आसन्न महाधिबेशनमा उपसभापतिको दौडमा रहेका काँग्रेस नेता बलबहादुर केसीलाई आफ्नै जिल्लाको नतिजाले धक्का पु¥याएको हो ।

जिल्ला अधिबेशनमा पुर्व पार्टी सभापति आङगेलु शेर्पाको समर्थनमा उम्मेदवार बनेका सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले कुल खसको मतको ६० प्रतिशत भन्दा बढी ल्याएर जिल्ला सभापतिमा बिजयी बने पछि केन्द्रिय सदस्य केसी आफ्नै जिल्लामा कमजोर बनेका हुन् ।

पुर्व मन्त्रि केसीको समर्थनमा जिल्ला सभापतिमा उम्मेदवार दिएका निवर्तमान पार्टी सभापति विनोदकुमार बस्नेतले १ सय ४२ मतले पराजय ब्यहोरेका छन् । कुल ८ सय ९७ मत खसेकोमा आङगेलु शेर्पाको उम्मेदवार नाम्गेल जाङ्बु शेर्पाले ५ सय १३ मत ल्याए भने बलबहादुर केसीका उम्मेदवार विनोद बस्नेतले ३ सय ७१ मत मात्रै ल्याउन सके । त्यस्तै २४ जना संघिय महाधिबेशन प्रतिनिधिमा देउवा पक्षका १२ जना (सभापति सहित) चुनिएका छन् भने प्रदेशसभामा ५० प्रतिशतनै अधिबेशन प्रतिनिधि चयन भएका छन् । दुई प्रदेश सभा क्षेत्र रहेको सोलुखुम्बुमा एउटामा बलबहादुरकेसीको र अर्को आङगेलु शेर्पाको प्यानलनै विजयी भएको छ ।

वि.सं. २०४८ सालदेखि काँग्रेस सोलुखुम्बुमा एक छत्रराज गर्दै पार्टी सत्ता हातमा लिईरहेका पौडेल समुहका नेता बलबहादुर केसी आफ्नै जिल्लामा भने पहिलो पटक कमजोर देखिएका छन् । जिल्लाको पार्टी संगठनमा केसीलाई लामो समयदेखि टक्कर दिदै आएका पुर्व पार्टी सभापति आङगेलु शेर्पाले यो पटक भने केसीको सिण्डिकेट तोड्दै आफ्ना उम्मदवारलाई पार्टी सभापति र हाराहारीको संख्यामा महाधिबेशन प्रतिनिधि जिताउन सफल भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्