Logo

छाला रोग र सौन्दर्य समस्याको सम्पूर्ण उपचार गेट वेल सुनमा, प्रसिद्ध विशेषज्ञ अब जनकपुरधाममै



जनकपुरधाम, १६ मंसिर । प्रदेश २ को राजधानी जनकपुरधामस्थित मुरली (विद्यापति) चोकमा छाला एवं सौन्दर्यसम्बन्धी सम्पूर्ण समस्याको समाधान पाइने भएको छ । गेट वेल सुन नेपाल स्कीन एन्ड हेल्थ केयर सेन्टर मंसिर २० देखि जनकपुरधाममा सञ्चालन हुन लागेको हो ।

उद्घाटन हुने मंसिर २० गते बिहान १० बजेदेखि सेन्टरमा दुई विशेषज्ञ डा. प्रसन्नकुमार झा र डा. अजयकुमार झाले निःशुल्क परामर्श दिनेछन् । सेन्टरमा चर्मरोग एवं सौन्दर्य समस्याको परामर्श प्रसिद्ध विशेषज्ञ डा. प्रसन्नकुमारले दिनेछन् भने डा. अजयकुमारले बालरोग, ब्लड रोग र क्यान्सर रोगको परामर्श दिनेछन् । उक्त दिन ल्याब र औषधीमा समेत छुटको व्यवस्था गरिएको छ ।

डा. प्रसन्नकुमार चर्मरोग, यौनरोग, कुष्ठरोग एवं सौन्दर्य विशेषज्ञ हुन् । उनले काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस र भारतको प्रसिद्ध विश्वविद्यालय बनारस हिन्दू विश्वविद्यालय (बीएचयू)भारतबाट एमडी गरेका छन् । उनले फेलोसिप अफ एस्थेटिक मेडिसिन (फाम), जर्मनीबाट सौन्दर्य विशेषज्ञता हासिल गरेका हुन् ।

डा. अजयकुमार पनि बालरोग, ब्लड रोग र क्यान्सर रोग विशेषज्ञ हुन् । उनले भारतको चण्डीगढस्थित पीजीआईबाट एमबीबीएस, एमडी एवं डीएम गरेका छन् । सेन्टरमा परामर्शका साथै फार्मेसी र प्याथोलोजी ल्याबको सुविधा छ ।

गेट वेल सुनमा चर्मरोग र सौन्दर्य समस्यामा सम्पूर्ण समाधान मिल्ने हुने सेन्टरका प्रवन्ध निर्देशक डा. प्रसन्नकुमार झाले बताए । उनले भने, “गेट वेल सुनमा बुटोक्स, फिलर्स, हेयर ट्रान्सप्लान्ट, लेजर, माइक्रोडर्माब्रेसन, माइक्रो निडिङका प्रविधि उपलब्ध छन् । स्कीन केयर सेन्टर प्रदेश २ मा नै पहिलोचोटि खुलेको हो । यहाँ रहेका कतिपय अत्याधुनिक प्रविधि र सेवा नेपालमै नयाँ हुन् ।”

सेन्टरमा अनुहारका दाग र धब्बा हटाउने, एसटीडी क्लिनिक, लेप्रोसी म्यानेजमेन्ट, पीआरपी, क्रेयोथेरापी, केमिकल पिल, पेडियाट्रिक्स, रगतसम्बन्धी सबै रोग, क्यान्सर उपचार पनि उपलब्ध छन् ।



प्रतिक्रिया दिनुहोस्