Logo

काँग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे उम्मेदवार



काठमाडौं, १६ । नेपाली काँग्रेस प्रदेश १ को सभापतिका लागि गुरुराज घिमिरे संस्थापन इतर समूहबाट उम्मेदवार बन्ने टुंगो लागेको छ । उनको नाममा संस्थापन इतर समूहका नेताहरु बसेर टुंगो लगाएका हुन् ।

घिमिरे नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन् । गगन थापा महामन्त्री हुँदा उनी अध्यक्ष थिए । उनी तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा राजकाजको अभियोगमा हिरासतमा राखिएका थिए ।

कोइराला परिवार निकट रहेका घिमिरे पछिल्लो समय प्रदेश १ मा केन्द्रित भई राजनीतिमा सक्रिय थिए । उनले संस्थापन पक्षका उद्धव थापासँग प्रतिष्पर्धा गर्नेछन् । थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् ।



प्रतिक्रिया दिनुहोस्