Logo

भारतमा ओमिक्रन कोरोना भाइरस भेटिएपछि नेपालमा कडाई



काठमाडौं, १६ मंसिर । भारतमा कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रन भेटिएको छ । कर्नाटक राज्यमा दुई संक्रमितमा यो प्रजातिको भाइरस भेटिएको छ ।

६६ र ४६ वर्षका दुई पुरुषमा भाइरस भेटिएको हो । २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रन कोरोना भाइरस यूरोपमा फैलिइसकेको छ ।

भारतमा ओमिक्रन देखापरेपछि सरकारले सतर्कता अपनाएको छ । सरकारले ओमिक्रन भाइरस भेटिएका हङकङ, दक्षिण अफ्रिका, नेदरल्यान्डसहितका नागरिकलाई नेपाल आउन रोक लगाएको छ ।

यसैगरी, ओमिक्रन तिव्र गतिमा फैलने गरेको तथ्य फेला परेको छ । दक्षिण अफ्रिकामा बितेको २४ घन्टामा संक्रमितको संख्या दोब्बर भएको छ ।



प्रतिक्रिया दिनुहोस्