Logo

यौनकाण्डले चीनमा हुने टेनिस प्रतियोगितामाथि निलम्बन



एजेन्सी, १६ मंसिर । चीनमा हुने टेनिस प्रतियोगिताहरुलाई द वुमन्स टेनिस एशोशिएसनले निलम्बनमा राखेको छ । अब चीनमा हुने कुनैपनि अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगन हुनेछ ।

डब्लुटीएसले टेनिस स्टार पेङ सुवाईको विषयलाई लिएर कठोर निर्णय लिएको हो । सुवाईमाथि चीनका पूर्व उपप्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको विषय उठेको थियो । पेङले सामाजिक सञ्जालमा यसबारे खुलाएकी थिइन् ।

उक्त विषय खुलाएपछि सँसारभर छानविनको माग उठेको थियो । पेङ त्यसपछि केही समय सार्वजनिक जीवनबाट टाढा रहिन् । पछि उनी खेलमा देखिइन् । तर, डब्लुटिएले पेङको सुरक्षामा चासो राख्दै आएको छ ।

यो घटनाको निष्पक्ष छानविनमा चीनबाट दबाब बढाएको छ । पेङ डलबतर्फ पूर्व विश्व नम्बर एक खेलाडी हुन् ।



प्रतिक्रिया दिनुहोस्