Logo

प्रधानन्यायाधीशले प्रतिगमन सच्याउन गरेको निर्णय र त्यो चिजलाई हामीले भुल्नुहुँदैन : सांसद पौडेल (भिडिओसहित)



काठमाडौं, १७ मंसिर । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले पाँच दलीय गठबन्धनको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हटाउनेबारे कुनै छलफल नै नभएको स्पष्ट पारेकी छिन् । हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले आफूहरुले सुरुदेखि नै न्यायालयमाथि हस्तक्षेप गर्न हुँदैन भनेर भनेकोपनि स्मरण गराए । उनले भनिन्,‘न्यायालयप्रति जनताको दरिलो विश्वास बनाउनुपर्छ । न्यायालयप्रति भएका विविध प्रकारका विकृतिहरु हट्नुपर्छ ।’ उनले आफूहरुले प्रधानन्यायाधीश जबरालाई हटाउनुपर्छ भनेर कुनै छलफल नगरेको जिकिर गरिन् । आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको सुनाईन् ।

उनले प्रधानन्यायाधीश हटाउने एकमात्रै विकल्प महाभियोग भएको तर आफूहरुसँग दुई तिहाई नभएको पनि स्मरण गराए । उनले प्रतिगमनको विरुद्ध प्रधानन्यायाधीश जबराले राम्रो निर्णय गरेको भन्दै उनको भूमिकाको प्रशंसा गरिन् ।



प्रतिक्रिया दिनुहोस्