Logo

‘ए’ डिभिजन लिगः तेस्रो चरणका खेल अन्तरगत आज दुई खेल हुँदै



काठमाडौं, १७ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलहरु आज (शुक्रबार)बाट सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन् ।

पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आजको खेलमा फ्रेन्ड्स पहिलो जितको खोजिमा रहेको छ भने थ्री स्टार दोस्रो जितको खोजीमा रहनेछ ।

साथै, दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल ४ः४५ बजे सुरु हुनेछ ।

एपीएफ आज पहिलो जितको खोजिमा रहेको छ भने सातदोबाटो ३ अंकको खोजिमा मैदान उत्रिनेछ ।



प्रतिक्रिया दिनुहोस्