Logo

घरेलु मैदानमा टोटेनहमको जित



काठमाडौं, १७ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको १२ औं मिनेटमा कानोसले आत्मघाती गोल गरेपछि टोटेनहम एक गोलको अग्रता बनाएको थियो ।

टोटेनहकको घरेलु मैदानमा भएको खेलमा ६५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २–० को जित दिलाए ।

जितसँगै टोटेनहम १३ खेलमा २२ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।

यस्तै, ब्रेन्टफोर्ड १६ अंकका साथ १२ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्