Logo

मेटा प्लेटफर्मद्वारा ५ सयभन्दा बढी नक्कली चिनियाँ विज्ञको फेसबुक अकाउन्ट बन्द



एजेन्सी, १७ मङ्सिर। फेसबुकको स्वामित्वमा रहेको मेटा प्लेटफर्मले ५ सयभन्दा बढी नक्कली चिनियाँ विज्ञको फेसबुक अकाउन्ट हटाएको छ। फेसबुकले अनलाइन नेटवर्कमार्फत् गलत सूचना दिने चिनियाँ विज्ञको अकाउन्ट हटाएको हो।

विल्सन एडवार्ड नाम राखेर स्विस जिव वैज्ञानिक भन्दै अनलाइनमार्फत् विभिन्न मानिसलाई झुक्याएपछि पीडितले उजुरी दिएका थिए।

उक्त उजुरीको आधारमा फेसबुकले अनुसन्धान अघि बढाएको थियो। चिनियाँ व्यक्तिले नक्कली विज्ञ बनेर ताइवान, हङकङ र तिब्बतबाट अफवाह फैलाउने र गलत सूचना दिने गरेको अनुसन्धानबाट खुलेको छ। ग्लोबल टाइम्स, साङ्घाई डेली, सीजीटीएनलगायत चिनियाँ मिडियाले समेत तिनै नक्कली विज्ञको भनाइ प्रकाशित गरेको अनुसन्धानले खुलाएको छ।

सार्वजनिक उजुरी र अनुसन्धानको आधारमा उक्त कार्यमा संलग्न नक्कली विज्ञहरुको ५२४ फेसबुक अकाउन्ट हटाएको फेसबुकले बताएको छ। ८६ वटा इन्स्टाग्राम अकाउन्टसमेत हटाएको फेसबुकले जनाएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्