Logo

सुदुरपश्चिमलाई सामान्य लक्ष्य



काठमाडौं, १७ मंसिर । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ९६ रन सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले व्याटिङ गरेको बागमतीले ३० ओभर १ बलमा अलआउट हुँदै ९५ रन जोड्यो ।

बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन बनाए भने क्रिस कार्कीले १७ रन जोडेका थिए ।

सुदुरपश्चिमका लागि हेमन्त धामी १० ओभरमा १९ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने शेर मल्लले ४ विकेट हात पारेका थिए ।

सुदुरपश्चिम आजको खेलमा जित हात पार्दै फाइनल प्रवेशको तयारीमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्