Logo

अमेरिकामा ‘ओमिक्रोन’ भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि



संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोनाभाइरस संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ । गभर्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन् ।

“केही क्षण अघि, कोलोराडोको सार्वजनिक स्वास्थ्य र वातावरण विभागले ओमिक्रोन संस्करणको पहिलो कोलोराडो केस पुष्टि गर्यो। सङ्क्रमित दक्षिणी अफ्रिकाको यात्रा गरी भर्खर फर्किएकी हुन् । उनमा हाल हल्का लक्षणहरू देखिएको छ र घरमा अलग्गै बसेकी छिन्। उनले खोप लिएकी तिइन तर बुस्टर डोज भने लिएकी थिइनन्” गभर्नरले थपे । क्यालिफोर्निया र मिनेसोटामा अहिलेसम्म दुई अन्य केसहरू फेला परेका छन्। ती सङ्क्रमित तीनै जनालाई खोप लगाइएको थियो ।

नयाँ ओमिक्रोन संस्करणको बढ्दो त्रासका बीच अमेरिका लगायत विश्वभरका सरकारहरूले पछिल्लो समय यात्रा प्रतिबन्ध र सार्वजनिक स्वास्थ्य उपायहरू बढाएका छन्। राष्ट्रपति जो बाइडेनले बिहीबार जाडो मौसममा कोभिड भाइरस र नयाँ भेरियन्ट विरुद्ध लड्न मद्दत गर्ने उद्देश्यले पाँच-बुदे योजना घोषणा गरेका थिए ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्