Logo

राजेन्द्र लिङ्देनद्वारा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता



काठमाडौँ, १७ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी अध्यक्षका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् ।  पार्टीका जारी एकता महाधिवेशनमा लिङ्देनले आज (शुक्रबार) दिउँसो अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन्।

राप्रपाले उम्मेदवारी दर्ताका लागि बिहान साढे ११ बजेदेखि १ बजेसम्मको समय निर्धारण गरेको थियो । उम्मेदवारी दर्तापछि निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्