Logo

स्पेसएक्सद्वारा ४८ स्टारलिंक इन्टरनेट, दुई ब्ल्याकस्काई उपग्रह बोकेको फाल्कन ९ रकेट प्रक्षेपण



एलोन मस्कको एयरोस्पेस कम्पनी स्पेसएक्सले फ्लोरिडाको केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट ‘पेलोड’को रूपमा ४८ स्टारलिंक इन्टरनेट उपग्रह र दुई ब्ल्याकस्काई उपग्रहहरू बोकेको फाल्कन ९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

“लिफ्ट अफ!” स्पेसएक्सले आफ्नो आधिकारिक ट्विटरमा बिहीबार रकेट प्रक्षेपणको प्रारम्भिक भिडियो प्रसारण गरेको छ । फाल्कन ९ रकेट, जुन आंशिक रूपमा पुन: प्रयोज्य छ यसको पहिलो चरणको बुस्टरहरू पाँचवटा स्टारलिङ्क मिसनहरू सहित धेरै अभियानहरूको भागको रूपमा अन्तरिक्षमा प्रक्षेपण गरिएको जनाइएको छ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्