Logo

‘रकी र रानीको प्रेम कहानी’मा रणवीरको हजुरआमा बन्दै जया बच्चन



एजेन्सी, १७ मंसिर । फिल्म निर्माता करण जौहरले ‘राँकी र रानीकोको प्रेम कहानी’निर्माण गर्न लागेका छन् । फिल्ममा बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट मुख्य भुमिकामा रहने भएका छन् ।

फिल्ममा शबाना आजमी, धर्मेन्द्र र जया बच्चन पनि देखिने भएका छन् । यस फिल्ममा जया बच्चनको राम्रो भुमिका हुने निर्माण पक्षले जनाएको छ ।

दर्शकहरुले पहिलो पटक जया बच्चनले स्क्रिनमा कमेडी गरेको देख्न सक्नेछन् । फिल्ममा जया बच्चन धनी महिलाको भुमिकामा देखिने भएकी छिन् ।

जयाले यो फिल्म भन्दा अगाडी जौहरको ‘कभी खुशी कभी गम’ र ‘कल हो ना हो’ मा काम गरीसकेकी छिन् । यो फिल्म १० जनवरी २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ ।



प्रतिक्रिया दिनुहोस्