Logo

बागमतिमाथि सुदुरपश्चिमको शानदार जित, फाइनलमा लुम्बिनीसँग भिड्ने



काठमाडौं, १७ मंसिर । वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश शानदार जित निकाल्दै फाइनल प्रवेश गरेको छ ।

टियू क्रिकेट मैदानमा आज भएको खेलमा बागमति प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चिम फाइनल प्रवेश गर्न सफल भएको हो ।

बागमतीले दिएको ९६ रनको लक्ष्य सुदुरपश्चिमले २३.१ ओभरमा २ विकेटको नोक्सानीमा पुरा गर्यो ।

जसका लागि सुदुरपश्चिमका नरेन भट्टले अविजित रहँदै सर्वाधिक ३७रनको योगदान गरे भने राहुल भण्डारी पनि अविजित रहँदै ३१ रन रन जोडे ।

यस्तै, बसन्त कार्कीले ११ रन जोडे भने खडक बोहोराले ५ रन मात्र जोड्न सके ।

यसअघि टस हारेर व्याटिङ गरेको बागमतिले ३० ओभर १ बलमा अलआउट हुँदै ९५ रन जोडेको थियो ।

बागमतीका लागि विवेक मगरले सर्वाधिक ३२ रन जोडेका थिए भने क्रिस कार्कीले १७ बनाए ।

सुदुरपश्चिमका लागि हेमन्त धामीले १० ओभरमा १९ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने शेर मल्लले ४ विकेट हात पारेका थिए ।

लुम्बिनी यसअघिनै फाइनल प्रवेश गरिसकेको छ ।

आइतबार हुने फाइनलमा जितका लागि सुदुरपश्चिम र लुम्बिनीले प्रतिष्पर्धा गर्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्