Logo

ओलीमाथि अमेरिकालाई भरोसा



काठमाडौं, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष निर्वाचित भएपछि अमेरिकाले केपी शर्मा ओलीलाई खुलेर बधाई दियो । कम्युनिस्ट नाम सुन्न नचाहने अमेरिकाले ओलीलाई बधाई दिएपछि धेरैको चासो बढेको छ ।

अमेरिकाले ओलीलाई किन बधाई दियो ? यसमा एमसीसी जोडिएर आएको खुल्दै गएको छ ।

२८ मंसिरमा एमसीसी सदनमा प्रस्तुत हुने सम्भावना छ । अमेरिकाले उक्त दिनलाई समयसीमा बनाएर निर्णय लिन भनेको छ । उसले नेपाललाई एमसीसी नचाहिएको हो भने अन्त लाने सम्म भनेको छ ।

एमसीसीको पक्षमा नेपाली काँग्रेस मात्र खुलेको छ । नेकपा एमाले मौन जस्तै छ । तर, ओलीले पर्ख र हेरको नीति लिएका छन् ।

सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीप्रति सकारात्मक छैनन् । दुवै दलले संशोधनको शर्त राखेका छन् । तर, अमेरिका त्यो शर्त मान्न तयार छैन । यसकारण पनि एमसीसीको विषयले सत्ता गठबन्धनभित्र नयाँ कम्पन आउनसक्छ ।

ओलीले गठबन्धनको धारणापछि मात्र आफूले बोल्ने बताइसकेका छन् । यसमा उनको रणनीतिक स्वार्थ देखिन्छ । गठबन्धनका माओवादी र एसले एमसीसीको विपक्षमा उभ्याएमा ओलीले ठिक विपरितको कदम चाल्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्