Logo

निखिलले गरे कोपिलासँग सम्बन्ध विच्छेद



कोपिलालाई निखिलले भक्तपुरको घर दिएका छन् 

काठमाडौं, १७ मंसिर । नेपाली फिल्मका चर्चित नायक निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उपे्रतीसँग सम्बन्ध बिच्छेद गरेका छन् । उप्रेती दम्पत्तिको सम्बन्ध विच्छेद चार महिना अगाडी नै भएको खुलेको छ ।

कोपिला उप्रेती आफैले सामाजिक सञ्जालमार्फत निखिलको खुशीको लागि विच्छेद गरेको जानकारी दिएकी हुन् ।

प्रेम, माया र आपसी सहमतिमा वैवाहिक सम्बन्धको अन्त्य गरेको उनको भनाई छ । उनीहरुको एक छोरा पनि छन् ।

कोपिलालाई निखिलले भक्तपुरको घर दिएका छन् । त्यस्तै, ५० लाख नगद दिएर प्रत्येक महिनाको ५० हजार तिर्नुपर्ने सहमति भएको बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्