Logo

‘ए प्लस’सहित करिश्मा कक्षा १२ उत्तिर्ण



काठमाडौं, १७ मंसिर । नेपाली चलचित्र उद्योगकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन् । मानन्धर ए प्लस ग्रेड सहित कक्षा १२ उत्तिर्ण भएकी हुन् । उनले गोदावारीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । राष्ट्रिय परीक्षा बोर्डले आज मात्रै नतिजा प्रकाशन गरेको थियो

गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको कक्षा १२ को परीक्षामा करीब ३ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए । पटक–पटक कारोना भाइरसको कारण पछि सरेको परीक्षा विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेर भौतिक रुपमै सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्