Logo

सर्वोच्च अदालतलाई बन्धक बनाउन नहुने भन्दै अधिवक्ता चुँडाल फायर, न्यायाधीशहरुमाथि पनि गम्भीर प्रश्न उठाए



काठमाडौं, १७ मंसिर । नेपाल बारले गलत उद्देश्य राखेर न्यायालयलाई नै अस्तव्यस्त गराउन आन्दोलन गरेको भन्दै स्वतन्त्र कानून व्यवसायीहरुले प्रतिकार गर्दै आएका छन् । उनीहरुले आज (शुक्रबार) पनि बारको आन्दोलनविरुद्ध प्रदर्शन जारी राखेका छन् ।

स्वतन्त्र कानून व्यवसायीहरुले नयाँ बानेश्वरस्थित् एभरेष्ट होटल अगाडि विरोध प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनलाई सम्बोधन गर्दै अधिवक्ता भूमिनन्द चुँडालले सर्वोच्च अदालतमा गोला प्रथा लागु भएपछि पनि अदालतमा अवरुद्ध गरिनु गलत भएको विचार राखे । उनले हड्ताली न्यायाधीशहरुविरुद्ध कडा असन्तुष्टि पोखेका थिए । उनले बेन्च बस्न नभ्याउने भए के दिनभरि उठेरै बसे ? आफ्नो बेन्चमा बस्न नि नसक्ने कस्तो श्रीमान्‌हरु ? भन्दै प्रश्न गरेका थिए ।

उनले अदालतमा अवरोध जारी राख्दा जनताले ठूलो मार भोग्नुपरेको पनि चिन्ता व्यक्त गरे । चँुडालले बन्दी प्रत्यक्षीकरणका मुद्दा २४ घण्टा हेर्नु पर्नेमा त्यसो नगर्दा ३०(३५ दिनसम्म पालो आउने कि नआउने भन्ने अन्योल रहेको र गैरकानुनी रुपमा नागरिकहरु थुनिएको र हिरासतमा रहेको अवस्था पनि सुनाए ।

उनले बारले गलत नियत राखेर आन्दोलन गरेको भन्दै सर्वसाधारण जनताबाट पनि आलोचना हुन थालेको छ। यस्तो अवस्थामा अब आफूहरुले बारकै प्राङ्गणमा उभिएर चूनौति दिने अवस्थामा पुग्नेपनि चेतावनी दिए । चुँडालले आफुहरु स्वतन्त्र कानून व्यवसायी भएकोले स्वतन्त्र न्यायापालिकाको गरिमा जोगाउनको लागि जस्तासुकै संघर्षमा पनि उत्रिन तयार हुने चेतावनी दिए ।

 



प्रतिक्रिया दिनुहोस्